तुलसीपुर महोत्सवमा रमेशराज भट्टराई, सांगीतिक माहोलमा झुमे हजारौँ दर्शक
1 min read

तुलसीपुर महोत्सवमा रमेशराज भट्टराई, सांगीतिक माहोलमा झुमे हजारौँ दर्शक

तुलसीपुर, दाङ । तुलसीपुरमा जारी महोत्सवमा आज  चर्चित गायक रमेशराज भट्टराईले आफ्नो  प्रस्तुती राखेका थीय ।  उनका लोकप्रिय गीतहरूमा हजारौँ दर्शक झुम्मिँदा महोत्सवको माहोल नै संगीतमय बनेको थियो।

स्टेजमा उक्लिनासाथ भट्टराईले आफ्ना चर्चित तथा नयाँ गीतहरू प्रस्तुत गर्दा दर्शकको भिडले साथ दिएको थियो । गीतसँगै दर्शकको ताली र हुटिङले कार्यक्रम स्थल भरिभराउ देखिन्थ्यो। विशेषगरी युवापुस्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा दर्शकहरू गीतसँगै नाच्दै रमाएका थिए।

महोत्सव आयोजकका अनुसार यस्ता सांगीतिक कार्यक्रमले महोत्सवको आकर्षण अझ बढाएको छ। स्थानीय व्यापार प्रवर्द्धन, कला–संस्कृतिको संरक्षण तथा मनोरञ्जनलाई एकैसाथ जोड्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा आगामी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

हाल तुलसीपुर महोत्सवमा दर्शकको चहलपहल बढ्दै गएको छ भने सांगीतिक कार्यक्रमहरू महोत्सवको मुख्य आकर्षणका रूपमा स्थापित हुँदै गएका छन्।

भोलि चर्चित गायक प्रकाश दुतराजको प्रस्तुति रहने
तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा भोलि दशौँ दिन पनि चर्चित गायक प्रकाश दुतराजको सांगितिक प्रस्तुति रहने साँस्कृतिक संयोजक टिकाजंग वलीले बताउनुभयो । ‘घर कता हो बैनीको’ गितबाट चर्चामा आएका प्रकाशका थुप्रै गित निकै चर्चित छन् ।

यस्तै ‘रिमै’, बैनी झ्यालैमा, रेशम गित पनि पछिल्लो समय टिकटक र युट्युबमा निकै भाइरल भएको गित हो । साँस्कृतिक संयोजक वलीका अनुसार भोलि प्रकाश संगै कलावती केसी, थम्मन भण्डारी लगायतका कलाकारको प्रस्तुति रहनेछ । भोलिको कार्यक्रम संचालन सन्तोष केसीले गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *