बिजय शाहीले Guinness World Record कायम गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाए
1 min read

बिजय शाहीले Guinness World Record कायम गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाए

काठमाडौं । नेपाली योग साधक बिजय शाहीले योग अभ्यासमार्फत Guinness World Record कायम गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन्। शाहीले Upward Lotus Pose (योग पोज) लाई निरन्तर २७ मिनेट ०३ सेकेन्डसम्म कायम राख्दै विश्व कीर्तिमान बनाउन सफल भएका हुन्।

उक्त कीर्तिमान ११ अक्टोबर २०२५ मा काठमाडौंमा आयोजित आधिकारिक कार्यक्रममा गिनिज वर्ल्ड रेकर्डको नियमअनुसार प्रमाणित गरिएको हो। यसअघि विश्वमा कसैले पनि उक्त योग पोज यति लामो समयसम्म कायम राख्न सकेका थिएनन्।

बिजया शाहीको यस उपलब्धिलाई नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले प्रशंसा गरेका छन्। योग, ध्यान र अनुशासनको माध्यमबाट विश्वमञ्चमा नेपाललाई चिनाउन सफल भएको भन्दै यसलाई नेपालका लागि गौरवको क्षण मानिएको छ।

शाहीले यस उपलब्धिलाई सम्पूर्ण नेपाली योग साधक, युवा पुस्ता र देशकै प्रेरणाका रूपमा समर्पण गरेका छन्। उनका अनुसार निरन्तर अभ्यास, आत्मविश्वास र अनुशासनले असम्भवलाई सम्भव बनाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *