तुलसीपुरमा  महोत्सवमा अभिनेता पल शाहलाई हेर्न उर्लीयो तुलसीपुर
1 min read

तुलसीपुरमा महोत्सवमा अभिनेता पल शाहलाई हेर्न उर्लीयो तुलसीपुर

दाङ ।  दाङको तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित अभिनेता पल शाहको विशेष उपस्थितिले नयाँ रौनक थपेको छ । शाह स्टेजमा आउने खबरसँगै तुलसीपुर र आसपासका क्षेत्रबाट हजारौँको संख्यामा दर्शकहरू महोत्सव स्थलमा ओइरिएपछि स्थिति थामिनसक्नु बनेको हो । लामो समयपछि आफ्नो गृह जिल्ला र सार्वजनिक कार्यक्रममा देखिन लागेका पल शाहलाई प्रत्यक्ष हेर्न र उहाँको प्रस्तुतिमा झुम्न बिहानैदेखि प्रशंसकहरूको भिड लागेको थियो ।

दिउँसोसम्ममा महोत्सवस्थल पूर्णरूपमा ’हाउसफूल’ भएपछि प्रवेशद्वारमा थप कडाइ गर्नुपरेको थियो । दर्शकदीर्घा खचाखच भरिएका कारण गेटबाट भित्र छिर्ने सामान्य ठाउँ समेत बाँकी थिएन, जसका कारण सयौँ दर्शक बाहिरै रोकिनु परेको थियो ।

दर्शकको विशाल उपस्थितिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम राख्न खटिएका सुरक्षाकर्मीहरूलाई निकै हम्मेहम्मे परेको थियो । भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीले कडा मिहिनेत गर्नुपरेको थियो । स्टेज वरपर र स्टेजमा समेत दर्शकको चाप थेगिनसक्नु भएपछि केही बेर कार्यक्रम सञ्चालनमा समेत कठिनाइ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *