हेलिकोप्टर चढेर बाग्मतीका मुख्यमन्त्री पिकनिक खान सिराहा पुगे
बाग्मतीका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको विषय आलोचित बनेको छ । सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको पिकनिक खान हेलिकप्टर चढेर पुगेको भन्दै सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भइरहेको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर सभापति यादवले धनगढीमाई नगरपालिका-१४ स्थित सर्रेअम्बासमा पिकनिक गरेका थिए । मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट सिराहा पुगेका थिए ।
उनले आज जलवायु सम्बन्धी कार्यक्रममा भाग लिन सिन्धुपाल्चोकको गुम्बाडाँडा जाँदा हेलिकोप्टर लगिएको बताउदै त्यहाँ पुगेपछि सिराहाबाट कांग्रेस सभापति रामचन्द्र यादवको निम्तो आएको र त्यसतर्फ गएको बताएका छन् ।
टीभी अन्नपुर्ण बाट
