स्वास्थ्य अवस्था बिग्रिएपछि अनशनरत डा.निकोलस अस्पताल भर्ना
1 min read

स्वास्थ्य अवस्था बिग्रिएपछि अनशनरत डा.निकोलस अस्पताल भर्ना

काठमाडौँ, पुस १६ गते । काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनरत डा.कमल भुसाल (डा निकोलस भुसाल)को स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ।

स्वास्थ्यमा विभिन्न समस्या देखापरेकोले नेपाल चिकित्सक संघको पहलमा उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको हो।सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्की, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. कुन्जाङ शेर्पासहितको चिकित्सकको टोलीले उहाँलाई उपचारका लागि माइतीघर मण्डलादेखि वीर अस्पताल लग्नुभएको हो ।

नौ दिनदेखि अनशनमा रहनुभएका डा. भुसाललाई रिङ्गटा लाग्ने, शरीर सुन्निनेलगायत स्वास्थ्य समस्या देखापरेको थियो। डा.भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सङ्घले सरकारसँग माग गरेको छ।

सङ्घका अध्यक्ष डा. कार्कीले डा.भुसालको जीवनरक्षाका लागि सरकारले अविलम्ब कदम नचाले कडा कदम चाल्ने चेतावनी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *