दंगीशरणमा आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
1 min read

दंगीशरणमा आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

दाङ :  लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले खेलाडी र खेलक्षेत्रको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए  । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल उद्देश्य सहित दंगीशरण गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सोमबार एक भव्य औपचारिक समारोहबीच उद्‌घाटन गर्दै चौधरीले यस्तो बताएका हुन । गाउँपालिकाको आयोजना तथा भानु माध्यामिक विद्यालय दंगीशरणप्रसडुवाको व्यवस्थापनमा आयोजित आठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले औपचारिक उद्‌घाटन गर्दै खेल खेलाडीको सपना रहने र रनिङ सिल्ड मुख्य आधार हुने उनले बताए ।  उनले  गाउँपालिकालाई खेल माध्यमबाट चिनाउन आफूले प्रदेश सरकारबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  

प्रतियोगिता वडा न ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रोशन जङ्ग  शाहको अध्यक्षता, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री  चौधरीको  प्रमुख  आतिथ्यतामा एवं  गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा  प्रतियोगिता औपचारिक उद्‌घाटन गरिएको हो । कार्यक्रममा शिक्षा शाखा प्रमुख बिनोद अधिकारी, गाउँपालिकाका प्रवक्ता रमेश भण्डारी,  विद्यालयका अक्षयकोष दाता वामदेव शर्मा, बिरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलीका प्रधानाध्यापक लक्ष्मण बस्नेत ,खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियार ,शिक्षक महासङ्घ दंगीशरणका अध्यक्ष खेमराज बुढाथोकी, सिद्ध पृथ्वी जनता माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दीपक देवकोटा ,लगायतले आ आफ्नो भनाइ राखेका थिए । गाउँपालिकाका संस्थागत तथा सामुदायिक विद्यालय गरी १० वटा विद्यालयका विद्यार्थीहरूले गरेको मार्चपास मा भानु माध्यमिक विद्यालय प्रसडुवा प्रथम, ज्ञानोदय बोर्डिङ स्कुल सरुवा डाँडा  द्वितीय , लाइफ भिजन बोर्डिङ स्कुल सिमठाना  तृतीय, बिरेन्द्र माध्यामिक विद्यालय सान्त्वना  भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *