राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल
1 min read

राप्ती राजमार्गको मापदण्डको विषयमा सरोकारवालासँग छलफल

   राप्ती राजमार्ग अन्तर्गत(अमिलिया–तुलसीपुर–सल्यान–रुकुम खण्ड) को सडक मापदण्ड सम्बन्धमा आज कपुरकोट क्षेत्रका स्थानीय बासिन्दा, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी,उपाध्यक्ष प्रविना कुमारी श्रेष्ठका साथै अन्य स्थानीय सरोकारवालाहरू तथा बागचौर नगरपालिकाका नराप्ती विषयमा विषयमा गरप्रमुख जनकराज गौतम सँग समन्वय तथा छलफल बैठक सम्पन्न भएको छ।


बैठकका क्रममा सल्यान जिल्लाका संघीय प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरू नेकपा (एमाले) का गुलाबजंग शाह र कांग्रेसका केशबहादुर बिष्टसँग पनि सडक मापदण्ड विषयमा सामान्य छलफल गरिएको थियो।
छलफलमा कपुरकोट बजारका स्थानीय मधुसुदन गिरी, प्रेमकुमार आचार्य, रामप्रसाद शर्मा, नन्दराम खत्री, रूपक बुढा, दुर्गागिरी, एकराज ओली, टिकाराम केसी, डन्डीराम बुढा, झलक ओली, धनराज बोहरा लगायतले आफ्ना धारणा राखेका थिए। सहभागीहरूले भौतिक सम्पत्ति जोगिने र क्षति कम हुने गरी सडकको नयाँ मापदण्ड तय गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रम राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेको उपस्थितिमा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *