अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश – विशेष समारोह सम्पन्न
1 min read

अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश – विशेष समारोह सम्पन्न

दाङ् तुलसीपुर बाट संचालन हुदै आयको अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश गरेको छ । अनलाइन राप्ती सातौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विशेष कार्यक्रममा संस्थाका प्रधान सम्पादक  विकास डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको उपस्थिति रहेको थियो।

त्यस्तै, अतिथिहरूमा प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का र प्रेस सेन्टरका दीपक बोहोरा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले अनलाइन राप्तीको निरन्तर प्रगति, निष्पक्ष पत्रकारिता र समाजप्रतिको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।

उक्त अवसरमा सञ्चार क्षेत्रको विकास, डिजिटल पत्रकारिताको भविष्य र स्थानीय समाचारको महत्वबारे छलफल समेत गरिएको थियो भने कार्यक्रम को सहजीकरण  एच आर मगरले गरेका थीय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *