निर्वाचन शान्तिपूर्ण बनाउन प्रशासनको कडा निर्णय: दाङमा मदिरा प्रतिबन्ध
दाङ, १५ फागुन ।
जिल्ला प्रशासन कार्यालय दाङ ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्लाभर मदिराजन्य वस्तु बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ।

कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार फागुन २१ गते आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म दाङ जिल्ला भित्र सबै प्रकारका मदक पदार्थको बिक्री, वितरण र सेवन निषेध गरिएको जनाएको छ।
निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन यस्तो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ। आदेश उल्लङ्घन गरे प्रचलित कानुनअनुसार कारबाही गरिने समेत सूचनामा उल्लेख छ।
सूचना सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित रहेको छ।

nabin oli
Website
http://www.orangekhabar.com
