दाङ १ मा रास्वपाका पाठक बिजयी
1 min read

दाङ १ मा रास्वपाका पाठक बिजयी

दाङको  निर्वाचन क्षेत्र  १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक फराकिलो मतान्तर सहित बिजयी भएका छन ।  उनले  नेपाली काङ्ग्रेसका सह– महामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतान्तरले हराएका हुन । पाठकले  ४२ हजार ६ २ मत प्राप्त गरि विजयी भएका हुन्, भने  काङ्ग्रेसका चौधरीले १५ हजार २  ८० मत प्राप्त गरेका थिए ।

यस्तै नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८२५ मत प्राप्त गरेका थिए । । नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले ४ हजार ९ ६५ मत प्राप्त गरेका थिए । यस्तै  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी स्वतन्त्र चुनाव लडेका थिए । उनले १ हजार ३८४ मत प्राप्त गरेका छन् ।यो निर्वाचन क्षेत्रमा ८० हजार ९५९ मत खसेको थियो , भने  १ लाख ४० हजार १ मतदाता थिए । यो क्षेत्रमा १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *