बनमा मृत भेटिएकी १४ बनर्षीया किशोरी दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ
1 min read

बनमा मृत भेटिएकी १४ बनर्षीया किशोरी दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ

दीपक बोहरा
तुलसीपुर१७ चैत । दाङको बबई गाउँपालिका वडा नं. ३ सल्लीकोट स्थित बनमा मृत भेटिएकी सोही ठाउँकी १४ बर्षीया  अनु खत्री दुई महिना अघि नै विहे गरेर गएको खुलेको छ । स्थानीय एक निजि विद्यालयमा कक्षा ८ मा पढ्दा पढ्दै उनको धनुसा निवासी एक ब्यक्तीसंग विहे भयो ।

उनका श्रीमान नियमित अनुको घर पनि आइरहन्थे । तर, पछिल्लो पटक दुई महिनासम्म उनीहरु आएका थिएनन् । अनुको कक्षा ८ को परीक्षा भएकाले केही दिन अघि मात्रै दाङ आएका थिए । अनुका श्रीमान अहिले अनुको घरमा देखिएका थिएनन् । यद्यपी उनी गाउँमै आएर बसेको हुन सक्ने अनुमान गरिएको छ ।

अनु परीक्षा दिन नियमित स्कुल जान्थिन । यही चैत १२ गते साथीको जन्मदिन थियो । उनी साथीको जन्मदिन मनाएर होस्टेल तिर जान्छु भनेकी थिइन । त्यसपछि उनी सम्पर्क विहीन भइन ।  उनी सम्पर्क विहीन भएपछि परिवारहरु आत्तिए र खोजी गर्न तिर लागे । उनीहरु अनुलाई खोज्दै तुलसीपुर बजारसम्म आए । त्यसको तीन दिन पछि १५ गते उनका श्रीमानले अनु वितिसकेको भनि टिकटकमा एसएमएस गरे ।

अनुको दिदीलाई टिकटकमा म्यासेज गरेर ‘संगै मर्ने भनेपनि अनु पहिल्यै वितिसकेको’ भनि म्यासेज पठाएका थिए । त्यो म्यासेज पठाएपछि त्यो ठाउँमा खोजि पनि गरिएको थियो । रातभर खोजिएपनि शव भेटिएको थिएन । सोमबार मात्रै स्थानीय महिलाहरु घाँस काट्न गएको अबस्थामा शव देखेपछि स्थानीयलाई खबर गरेका थिए । स्थानीयलाई खबर गरेपछि  प्रहरीलाई खबर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार विहान १० बजेतिर प्रहरीले शव फेला पारेको हो । उनको शवलाई पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ ।

बेल्ट रुखमा झुण्डिएको थियो
शव गलिसकेको अबस्थामा थियो । जसले गर्दा उनको चोटपटक देखिदैनथ्यो । उनको शव भएको स्थान भन्दा पाँच मिटर माथि रुखमा बेल्ट झुण्डिएको अबस्थामा थियो ।टिकटकमा आएको एसएमएसलाई आधार मान्दा उनी संगै भएको अनुमान परिवारले गरेका छन् । अनुका श्रीमान भनिएका ब्यक्ती तेस्रो लिंगि भएको हुन सक्ने परिवारले अनुमान गरेका छन् । त्यसले गर्दा पनि परिवारले अनुलाई २० बर्षपछि मात्रै विहे गर्ने भनि घरमै राख्न खोजेका थिए । त्यसले गर्दा पनि घटना भएको हुन सक्ने पनि अनुमान गरिएको छ ।

मृत्यु पछि श्रीमानको टिकटक
उनको मृत्यु भएपछि उनका श्रीमानले अनुसहितको फोटो टिकटकमा पोष्ट गरेका छन् । उनले ‘विदाईको हात त हल्लायौं, अब फर्केर नहेर्नु, यो अभागिको चिहानमा कहिल्यै आँसु नझार्नु ।’ भन्ने गीतमा टिकटक पोष्ट गरेका छन् । थयगचककबलभथथथ भन्ने टिकटक आईडीबाट पोष्ट गरेका छन् ।

लाईभ दांग बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *