दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन
1 min read

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन

दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा भित्तेपात्रो–२०८३ को विमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फोटोग्राफर तथा फोटोग्राफी क्षेत्रका अग्रज तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमका अध्यक्ष तथा एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेले फोटोग्राफी पेशा केवल व्यवसाय मात्र नभई समाजको इतिहास र भावनालाई चित्रमार्फत जीवित राख्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले फोटोग्राफरहरूको एकता र पेशागत मर्यादामा जोड दिएका थिए।

 

प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगालले दाङका फोटोग्राफरहरूको पहलमा जिल्लाभरिका तस्वीर समेटेर क्यालेन्डर प्रकाशन गर्नु सराहनीय कार्य भएको उल्लेख गरे। उनले प्रविधिको तीव्र विकाससँगै फोटोग्राफी क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव बढ्दै गएको भन्दै यससम्बन्धी तालिमको व्यवस्था गरिने प्रतिबद्धता जनाए। साथै उनले फोटोग्राफीलाई मर्यादित र सिर्जनात्मक पेशाका रूपमा अघि बढाउन आवश्यक रहेको बताए।

विशिष्ट अतिथिहरूमा महासंघका सल्लाहकार रोशनमान श्रेष्ठ, केन्द्रीय सदस्यहरू होमराज भट्टराई र नारायण खनाल, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा प्रसाद चौधरी, नारायणपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष एवं फोटोग्राफर संघका सल्लाहकार वसन्त न्यौपाने, लुम्बिनी प्रदेश सचिव हिमाल महरा, मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायी समिति दाङका अध्यक्ष कृष्ण कवर र गल्ला तथा किराना व्यवसायीका अध्यक्ष बिनोद पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा क्यालेन्डर संयोजक हुमबहादुर रेग्मीले भित्तेपात्रोको अवधारणा र तयारी प्रक्रियाबारे जानकारी गराएका थिए। दाङ जिल्ला फोटोग्राफर एसोसिएसन तुलसीपुर शाखाका अध्यक्ष मिनराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव यमबहादुर आर.सी.ले गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *