07 Sep, 2026
1 min read

नेसनल प्याब्सन दाङको सातौँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी निर्वाचित ।

आशिष केसी तुलसीपुर, २२ भदौ ।। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) दाङ जिल्ला कार्य समितिको सातौँ जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । दाङको तुलसीपुरमा सम्पन्न अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । नेसनल प्याब्सन दाङका जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय महासचिव […]

1 min read

त्रिशूली ३ ‘ए’को सुरुङभित्र १० दिनपछि सञ्जय साहको जीवितै उद्धार: अन्यलाई पनि बचाउने आशा पलायो

भोटेकोसी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा थुनिएको दसौँ दिन आज शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले घटनाका दिन ४५ जनासम्म रहेको बताएका छन्। उद्धारपछि काठमाडौँ ल्याएर अस्पतालमा भर्ना गरिएका साहले संक्षिप्त प्रतिक्रिया दिँदै बाढी आएको दिन ४०-४५ जना रहेको जानकारी दिएका हुन्। ‘म कन्ट्रोल रुममा अपरेटरको काम गर्थेँ। अरू टाइमा ५/६ जना मात्रै हुन्थ्यौँ। […]

1 min read

सक्सेस एकाडेमीद्वारा मन्दिर सरसफाइसँगै , उपयोगी सामग्री वितरण

तुलसीपुर, १८ दाङ । विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी सामाजिक उत्तरदायित्व, सरसफाइ र सेवाभावको संस्कार सिकाउने उद्देश्यले सक्सेस एकाडेमीले मन्दिर सरसफाइ तथा उपयोगी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। तुलसीपुर–९, थर्कुडाँडास्थित शिव मन्दिरमा कक्षा ७ का विद्यार्थीहरूले सरसफाइ अभियान सञ्चालन गर्नुका साथै मन्दिरका लागि आवश्यक कुर्सी वितरण गरेका छन्। विद्यार्थीहरूले मन्दिर परिसरमा रहेको फोहोर […]

1 min read

तुलसीपुरका मोबाइल व्यवसायीको बाढीपीडितलाई सहयोग, राहत कोषमा ८७ हजार ५५९ रुपैयाँ

तुलसीपुर । तुलसीपुरमा रहेका मोबाइल व्यवसायीहरूले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेका छन्।   मोबाइल व्यवसायीहरू आपसमा मिलेर  रु. ८७ हजार ५५९ रुपैयाँ ११ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो। हालै आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने […]

1 min read

लुम्बिनी स्मार्ट स्कुलका विद्यार्थीलाई विपद् व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी व्यावहारिक तालिम

तुलसीपुरस्थित लुम्बिनी स्मार्ट स्कुलका विद्यार्थीहरूले विपद् व्यवस्थापन तथा प्राथमिक उपचारसम्बन्धी महत्त्वपूर्ण जीवनोपयोगी सीप सिक्ने अवसर पाएका छन्। लुम्बिनी प्रदेश विपद् व्यवस्थापन समितिको आयोजनामा आज स्कुल परिसरमै जनचेतनामूलक तथा व्यावहारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा आइपर्ने विभिन्न विपद् र आपत्कालीन अवस्थाबाट कसरी जोगिने भन्ने विषयमा व्यावहारिक ज्ञान दिइएको थियो। विशेषगरी खाना घाँटीमा […]

1 min read

असफलताका अनेक कथामा खारिएर बनेको ‘ब्रान्ड’ : रानी केक

दाङका दीपक काफ्लेले पटक–पटकको व्यावसायिक असफलता र आर्थिक अभावका बाबजुद निरन्तर संघर्ष गर्दै ‘रानी केक’लाई पश्चिम नेपालकै सफल ब्रान्डका रूपमा स्थापित गरेका छन्। १६ वर्षको उमेरमै दाङबाट काठमाडौं पुगेका काफ्लेले चिया–नास्ता पसलदेखि कपडा व्यवसायसम्म गरे। त्यसपछि कतारमा मजदुरीसमेत गरे। नेपाल फर्किएपछि मःम पसल सञ्चालन गरे पनि उनले गरेका अधिकांश व्यवसायमा सफलता हात लागेन। तर, निरन्तर […]

1 min read

तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जना मृत फेला: एकको पहिचान, शव निकाल्ने काम जारी

दाङ, तुलसीपुर।तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित कमलपोखरी ताल नजिकै निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमध्ये एक जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार सल्यान घर भई हाल तुलसीपुर वडा नं. ९ दोघरे बस्दै आएका कमल गिरी रहेका छन्। गिरीले घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए। […]

1 min read

तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जना घाइते

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिका–६ गाइडर क्षेत्रमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान करिब ११ः१५ बजे गाइडरबाट महेन्द्र माध्यमिक विद्यालयतर्फ जाँदै गरेको लु प्र ०२–००२४–२२०३ नम्बरको स्कुटीलाई विपरीत दिशाबाट आएको बा प्र ०१–००६ ख ४२१३ नम्बरको टिप्परले ठक्कर दिएको हो। दुर्घटनामा स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–१५ निवासी राजु परियार […]

1 min read

प्र्याङ्कको नाममा साम्प्रदायिक द्वेष फैलाएको आरोपमा तीन जना पक्राउ

 सामाजिक सञ्जालमा प्र्याङ्क भिडियो बनाएर साम्प्रदायिक घृणा र द्वेष फैलाएको आरोपमा रुकुम पश्चिम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–३ का राजन केसी (३१), डिल्ली बहादुर वली (२८) तथा कपिलवस्तु कृष्णनगर नगरपालिका–४ घर भई हाल रुकुम पश्चिममा बेकरी व्यवसाय सञ्चालन गर्दै आएका रघुवीर कोरी (३१) रहेका छन्। ‘Jiban Oli’ नामक युट्युब च्यानलमा […]

1 min read

दाङबासीका लागि आयो निकै खुसीको खबर : वर्षौँदेखिको ठूला जहाज चढ्ने सपना अब साकार हुने संकेत

दाङ । दाङबासीले वर्षौँदेखि देख्दै आएको आफ्नै जिल्लाबाट ठूला जहाज चढ्ने सपना अब विस्तारै यथार्थतर्फ अघि बढ्ने संकेत देखिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमा दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा धावनमार्ग विस्तारका लागि २५ करोड रुपैयाँ विनियोजन भएपछि स्थानीयमा नयाँ उत्साह थपिएको छ। हाल सीमित क्षमताका जहाज मात्र सञ्चालन हुन सक्ने टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार […]