12 Nov, 2026
1 min read

जन्मदिनको अवसरमा अनुजा कँवरद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

दाङ,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका–११ प्रीगाउँस्थित प्रावि प्रीगाउँमा समाजसेवी अनुजा कँवरले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई शैक्षिक, खेलकुद तथा आवश्यक सामग्री सहयोग गरेकी छन्। कँवरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गर्नुका साथै खेलकुद सामग्री र विद्यालयलाई आवश्यक अन्य सामग्री समेत प्रदान गरेकी हुन्। सहयोगको कुल मूल्य करिब १४ हजार रुपैयाँभन्दा बढी रहेको बताइएको […]

1 min read

टिप्पर ठक्करबाट बाबू छोराको मृत्यु

दाङको तुलसीपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा ठक्कर दिएको थियो। तीन जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। अर्की एक महिला घाइते छिन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख […]

1 min read

तुलसीपुरमा बालेन शाहको अभिव्यक्तिविरुद्ध माओवादीद्वारा राँके जुलुस

दाङ, तुलसीपुर । प्रधानमन्त्री बालेन शाह ले संसदमा नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। यसैक्रममा आज तुलसीपुरमा पनि नेकपा माओवादी केन्द्र निकट कार्यकर्ताहरूले राँके जुलुस प्रदर्शन गरेका छन्। नेकपा माओवादी केन्द्र तुलसीपुरको आयोजनामा तुलसीपुर बसपार्क क्षेत्रमा राँके जुलुस निकालिएको हो। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय […]

1 min read

ज्ञान ज्योती मावि फेरि देशकै उत्कृष्ट ७ मा पर्न सफल

 वैशाख २९, एजुकेसन समाचारले २०८३ सालमा तयार पारेको देशका उत्कृष्ट माविहरूको सूचीमा तुलसीपुर स्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै उत्कृष्ट ७ माविमा पर्न सफल भएको छ । मुलुकभरबाट छनोट गरिएका ४ हजार ७ सय ४१ मावि मध्ये ज्ञान ज्योति उत्कृष्ट ७ औं स्थानमा पर्न सफल भएको छ । भौतिकपुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, […]

1 min read

प्युठानका आगलागि पीडितलाई ८ जना युवा मिलेर सहयोग

प्युठान । दाङका आठ जना युवाहरू मिलेर प्युठानका आगलागि पीडितलाई सहयोग रकम तथा राहत सामाग्री हस्तान्तरण गरेका छन् । प्युठानको ऐरावती गाउँपालिका–१, छेडेगाडको आगलागी बस्तीमा पुगेर उनीहरूले नगद र जिन्सीगरी २ लाख रुपैंया बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन् ।                               […]

1 min read

दाङमा विद्यार्थीहरूको फुड टेस्टिङ कार्यक्रम सम्पन्न

दाङको तुलसीपुर स्थित डिभाइन टेम्पल एकेडेमीमा कक्षा ११ मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास अन्तर्गत फुड टेस्टिङ कार्यक्रम सम्पन्न गरेका छन्। कुमाख कलेज सँगको समन्वयमा आयोजित उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो १५ दिने अभ्यासलाई समापन गरेका हुन्। कार्यक्रमका क्रममा विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरी उपस्थित अतिथिहरूलाई ती परिकारका विशेषता, प्रयोग गरिएका सामग्री तथा बनाउने विधिबारे […]

1 min read

तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु

दाङ,१२ बैशाख । तुलसीपुर उपमहानगरपालिका- १७ रत्न उद्यान नजिकै निर्माणाधीन तालमा डुबेर १९ वर्षीय नवराज बिकको मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्न गएका उनी पौडी खेल्न नजान्दा डुबेका हुन् । साथीहरूले उद्धार प्रयास गरे पनि सफल हुन सकेनन् । घटना पछि ईलाका प्रहरी कार्यालय तुलसीपुर बाट प्रहरी टोली पुगेर स्थानीय र विपद् व्यवस्थापन टोलीको […]

1 min read

दाङ् को तुलसीपुरमा पहिलोपटक खुल्यो मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर

रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै सम्भावना खोज्दै तुलसीपुरका युवाहरूले व्यावसायिक लगानी सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का तीन जना युवाले सामूहिक लगानीमा तुलसीपुरमा ‘एबिसी मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् । विगत ९ वर्षदेखि मोबाइल व्यवसायको क्षेत्रमा अनुभव बटुलेका चुडामनी शर्मा, आकाश खनाल र बिमल  भण्डारीले […]

1 min read

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि […]

1 min read

स्थानीय शासन सुदृढीकरणका लागि दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ ३, वैशाख । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ। बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन […]