13 Nov, 2026
1 min read

स्वरोजगारी र आर्थिक विकास आजको मुख्य आवश्यकता हो : पूर्वमुख्यमन्त्री चौधरी

दाङ :  लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वरोजगारी र आर्थिक विकास आजको मुख्य आवश्यकता भएको बताए । मङ्गलबार   तुलसीपुर ६ डुर्मी गाउँस्थित भुँयार थानमा दुई महिने मन्टेश्वरी, कम्प्युटर र अचार उत्पादन तालिम उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेतासमेत रहेका चौधरीले सीप दिने तर कमाउने नसक्ने हो भने त्यसको अर्थ नहुने बताए । आजको युगमा […]

1 min read

दाङमा एक शिक्षकमाथी खुडा प्रहार

दाङ, १९ बैशाख । दाङको तुलसीपुरमा एक शिक्षकमाथी विद्यार्थीले खुडा प्रहार गरेका छन् । तुलसीपुर–६ स्थित हिमाल एकाडेमीका (कोर्डीनेटर) शिक्षक विशेष श्रेष्ठमाथी सोही विद्यालयमा पढ्ने तुलसीपुर–४ रक्षाचौरका अन्दाजी १८/१९ बर्षीय सुरेश सुनारले धारिलो हतियार खुडा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान साढे १० बजेको समयमा उनले स्कुल भित्र प्रवेश गरेर एक्कासी […]

1 min read

नवजात बालिकाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

तुलसीपुर, बैशाख १७ / दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित बेलन्या डाँडा नर्सरीमा मङ्गलवार साँझ एक नवजात शिशुको शव फेला परेको छ। स्थानीयवासीले घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट टोली खटिएको थियो। प्रहरीका अनुसार शव मृत अवस्थामा करिब साँझ ५:१५ बजे भेटिएको हो। प्रारम्भिक अनुसन्धानबाट उक्त शिशु करिब ९ महिना पुरा भई जन्मिएको बालिका रहेको खुलेको […]

1 min read

तुलसीपुरमा रेडमी a5 को नयाँ मोडेल लन्च

दाङ, तुलसीपुर  रेडमी a5 को नयाँ मोडेलको  मोबाइल तुलसीपुरमापनि लन्च भएको छ। Xiaomi Nepal ले लन्च गरेको रेडमी a5 तुलसीपुरमापनी मा कालीका मोबाइल प्रा.ली ले एक कार्यक्रमको आयोजना गरी मंगलबार  लन्च गरेको छ। तुलसीपुर, सल्यान ,रुकुमका आधिकारिक विक्रेता तथा मा कालीका मोबाइल प्रा.लीका सञ्चालक शैलेन्द्र कुमार ओलीको अध्यक्षता एवं तुलसीपुर मोबाइल व्यवसायी संघका अध्यक्ष थुमन […]

1 min read

नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु

८ वैशाख । नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको सोमबार दिउँसो गोली लागी मृत्यु भएको हो। आचार्य आफ्नै घरको सुत्ने कोठामा गोली लागेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आचार्यको छातीमा १२ बोरको दुई नाले […]

1 min read

गुरुकुल एकेडेमीको इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न

घोराही २१ चैत्र गुरुकुल एकेडेमी घोराहीमा आयोजित इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता आज सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागितामा यस प्रतियोगिताले विद्यालय खेलकुद क्षेत्रलाई नयाँ ऊचाइमा पुर्याएको छ। प्रतियोगिता ५ समुहको सहभागितामा सञ्चालन गरिएको थियो । प्रतियोगितामा गुरुकुल एकेडेमी घोराहीका ३ जनाको समुह भएका ५ वटा समुहले भाग लिएका थिए। प्रतियोगितामा हसल समुह , भाइपर […]

1 min read

तुलसीपुरमा जस्मिन मसलाको लक्की ड्र पुरस्कार वितरण

कृष्ण अधिकारी धनगढीमा सम्पन्न जस्मिन मसलाको लक्की ड्र पुरस्कार तुलसीपुरमा वितरण गरिएको छ। गत चैत ९ गते लक्की ड्र गरेर छानिएका व्यवसायीहरूलाई उक्त पुरस्कार  प्रदान गरिएको छ। प्रथम पुरस्कार प्राप्त गर्ने तुलसीपुरकाे ढकाल स्टोरले ४३ इन्चको टिभी प्राप्त गरेको छ । यस्तै तृतीय पुरस्कार खड्का किराना पसलले प्राप्त गरेको कम्पनीका प्रतिनिधि भक्तराज बजगाईँले जानकारी दिनुभयो। […]

1 min read

तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा एक महिला घाइते

तुलसीपुर, १६ चैत । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार घरमा खाना पकाइरहेको अवस्थामा आज बिहान पौने ९ बजेको […]

1 min read

सामुदायिक विद्यालयमा अध्ययनरत ५२ जना छात्रालाई शैक्षिक सामाग्री तथा आर्थिक सहयोग

दाङ :  सामुदायिक विद्यालयमा अध्ययनरत ५२ जना छात्राहरूलाई आज एक कार्यक्रम को आयोजना गरी शैक्षिक सामाग्री र नगद प्रदान गरिएको छ ।  शान्तिनगर गाउँपालिका २ विष्णुपुर घरभई  हाल अमेरिकामा रहेका भरत वली र बाँकेको राझा  घरभई हाल फिनल्याण्डमा रहेका  शङ्कर कुमार वली र बबिता वलीले संयुक्त रूपमा रु  २ लाख रुपैयाँले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र नगद प्रदान […]

1 min read

होली पर्वमा इच्छा विपरित रङ दल्ने तथा लोला हान्नेलाई कडा कारबाही गर्ने

दाङ :  जिल्ला प्रशासन कार्यालय दाङले इच्छा विपरित रङ दल्ने तथा लोला हान्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले  पछिल्ला वर्षहरूमा होली पर्व मनाउने नाममा अनावश्यक तडकभडक सहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू गर्ने, सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, सामाजिक जनजीवनमा असर पुग्नेगरि इच्छा विपरित रङ दल्ने, लोला […]