मुख्य समाचार
सयपत्री दाेहाेरी घरकाे विशेष अगुवाईमा मृगौला पीडितलाई घर हस्तान्तरण
दाङकाे तुलसीपुरमा दुबै मृगाैला पिडित हरिमाया विकलाई नवनिर्मित घर हस्तान्तरण गरिएकाे छ । दाङ-तुलसीपुरकाे सयपत्री दाेहाेरी घरकाे विशेष अगुवाईमा विभिन्न व्यक्तिहरूकाे सहयाेगमा शनिबार एक कार्यक्रमका बीच दुबै मृगाैला पिडित तुलसीपुर उप-महानगरपालिका-१६, जहदागाउँकी हरिमाया विककाे परिवारलाई हस्तान्तर गरिएकाे छ । सयपत्री दाेहाेरी घरका सञ्चालक तथा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष एवम् दियालाे अनलाइन डटकमका सञ्चालक […]
तुलसीपुर-घोराही सडक खण्ड आइतबार बिहान देखि अवरुद्ध
दाङ, २० साउन । तुलसीपुर-घोराही सडक खण्ड आइतबार बिहान देखि अवरुद्ध भएको छ । टिप्परको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालक कुल बहादुर बस्नेतका आफन्तहरुले सडक खण्ड अवरुद्ध गरेका छन् । शनिबार राती ८:४० बजे घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर आउँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ गईरहेको बा ५८ […]
मिस नेपाल २०२४ को उपाधि आश्मा
काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् । मिस नेपाल अर्थ भने सुमना केसी भएकी छन् ।
दाङमा करेन्ट लागेर ओलीको निधन
दाङ, १९ साउन । तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलिको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरक्षक प्रकाश थापाले जानकारी दिएका छन । ओलिले आफ्नो घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट हुनगइ दायाँ हातमा […]
दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन
दाङ : दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन भएका छन् । तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी रनियापुरका २२ वर्षीय बसन्त वली यही असार १५ गतेदेखि घरपरिवारसँग सम्पर्क विहीन भएका छन् । उनले जुन २९ तारिख ( असार १५ ) गते बिहान करिब ११ बजे घरमा आमालाई फोन गरेर म घर आउँदैछु,, भोलि अर्थात […]
दुध बेचेर घर फर्कदै गर्दा नदीले बगाउदा एक जना बेपत्ता
दाङ, २२ असार । दुध बेचेर घर फर्कदै गर्दा राप्ती नदीले बगाउदा एक जना बेपत्ता भयका छन् भने बाढीमा फसेकामध्ये दुईजनाको उद्धार गरिएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको हो । राजपुर गाउँपालिका वडा नम्बर २ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको […]
तुलसीपुर ११ ले घिउ र भाले दिने
दाङ : तुलसीपुर उपमहानगरपालिका ११ ले सुत्केरीलाई भाले र मान्छेको मृत्यु पछि उनका परिवारका सदस्यलाई घिउ दिने नीति अख्तियार गरेको छ । वडाका सुत्केरी महिला हरेकलाई एक हजार पाँच सय बराबरको भाले उपहार दिने नीति लिइएको छ । तर, २० वर्ष भन्दा कम उमेरका आमाहरू सुत्केरी भए त्यो उपहार नपाउने वडाध्यक्ष मानबहादुर रावतले जानकारी […]
तुलसीपुर वाणिज्य संघद्धारा इप्रका तुलसीपुरलाई मोटरसाइकल हस्तान्तरण
दाङ : ‘सुन्दर तुलसीपुर – सुरक्षित तुलसीपुर’ अभियान अन्तरगत तुलसीपुर उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई एउटा नयाँ पल्सर मोटरसाइकल दिएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत इप्रका तुलसीपुरलाई शान्ति सुरक्षा कायम राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले मोटरसाइकल किनेर दिइएको संघका अध्यक्ष विनिल केसीले बताए । साथ, संघले तुलसीपुर उपमहानगरपालिकालाई आधुनिक बारुण यन्त्र ( […]
लायन्स क्लव अफ तुलसीपुर ईशानले गर्यो आँखा शिविर
दाङ, २६ जेठ । लायन्स क्लव अफ तुलसीपुर ईशानको आयोजन तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा बबई गाउँपालिका निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ तुलसीपुर ईशानका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतमा एबं बबई गाउँपालिकामा अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले राज्यले […]
मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितीको पद हस्तान्तरण
दाङ २६ जेठ । दाङको तुल्सीपुरमा आज एक कार्यक्रमको आयोजना गरी तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायी समितिले पद हस्तान्तरण तथा बधाई कार्यक्रम गरेको छ। दुई महिनाअघि कैलालीको टिकापुरमा सम्पन्न अधिवेशनबाट थुमन विश्वकर्मा सितलको अध्यक्षतामा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो। समितिको का: उपाध्यक्षमा ज्योतिप्रसाद दाहाल उपाध्यक्ष पंकज कसोधन र यादव ओली रहेका छन्। महासचिवमा नवीन […]
