समाज
रासायनिक मल र विषादीले मानसिक रोगको खतरा बढ्दै दाङलाई अर्गानिक उपत्यका बनाउन पहल
दाङ : जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले रासायनिक मल र विषादी मिसिएको खानपानका कारण मानसिक रोगको जोखिम बढ्दै गएको चेतावनी दिएका छन्। बुधबार बिजौरीमा आयोजित कार्यक्रममा उनले किसानहरूले गाईगोरुबाट प्राप्त हुने जैविक मलको सट्टा अत्यधिक रासायनिक मल र विषादी प्रयोग गर्न थालेको बताउँदै यसको दीर्घकालीन असर मानसिक स्वास्थ्यमा देखिन थालेको उल्लेख गरे। “अर्गानिक […]
कुलोमा खसेकी बालिकाको मृत्यु
दाङ : दाङको तुलसीपुरमा कुलोमा खसेर बालिकाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १४, गोठुवाकी दुई वर्षीया सुष्मा बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताएका छन । सोमबार साँझ आँगनमै खेल्ने क्रममा उनी नजिकैको कुलोमा खसेकी थिइन्। गम्भीर घाइते भएकी बस्नेतको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा राती मृत्यु भएको ।
मोटरसाइकल दुर्घटनामा घाइतेभयका साथीको हत्या आरोपमा ४ जना पक्राउ
दाङ, ११ असार । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–६ का २३ वर्षीय शंकर बिसीको मेलाबाट घर फर्कने क्रममा घाइते भएपछि हत्या गरिएको रहस्य खुलेको छ । शंकर गत जेठ १९ गते राति वनगाड कुपिण्डे–४ मा लागेको मेलाबाट घर फर्किंदै गर्दा मोटरसाइकल दुर्घटनामा घाइते भएको हुनुभएको थियो । तर उपचारको सट्टा उहाँ चार जना साथीले जंगलमा लगेर […]
भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको उद्घाटन
तुलसीपुर, जेठ १८ । दाङको तुलसीपुर उपमहनगरपालिका वडा नं. १४ स्थित भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको आइतबार उद्घाटन भएको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पुलको उद्घाटन गरेका हुन । पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. ३ (१) बाट निर्वाचित सांसद चौधरीले […]
जरूरी कल गर्नु छ’ भन्दै मोबाइल लीयर भाग्ने ब्यक्ती पक्राऊ
दाङको तुलसीपुर उपमहानगर-६ बरूवाकी २२ वर्षीया सुजाता चौधरी शनिबार दिउँसो पैदल हिँडिरहेकी थिइन्। पब्लिक ज्ञान ज्योति कलेजमा बिए तेस्रो वर्ष पढ्ने उनी काम विशेषले नजिकैको मामाघर जाँदै थिइन्। एक जना युवक मोटरसाइकलमा आएर सुजाताको नजिकै रोकिए, तर मोटरसाइकलको स्टार्ट भने बन्द गरेका थिएनन्। ‘दिदी, मलाई इमर्जेन्सी छ, एकछिन फोन गर्न तपाईंको मोबाइल दिनुहोस् न,’ भने। […]
तुलसीपुरमा क्षेमताभन्दा धेरै विद्यार्थी राख्ने स्कुल बसलाई कारवाही गर्छौ : ट्राफिक प्रमुख बम
तुलसीपुर, २६ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख (प्रहरी निरीक्षक) उपेन्द्र बहादुर बमले तुलसीपुर क्षेत्रमा क्षेमताभन्दा धेरै विद्यार्थी राख्ने स्कुल बसलाई कारवाही गरिने बताउनुभएको छ । भर्खरै मात्रै दाङको ट्राफिक प्रमुखको रुपमा सरुवा भएर आउनुभएका इन्स्पेक्टर बमले आज तुलसीपुरमा भएको पत्रकार, यातायात व्यवसायी र उद्योगीहरुसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो […]
दाङमा एक शिक्षकमाथी खुडा प्रहार
दाङ, १९ बैशाख । दाङको तुलसीपुरमा एक शिक्षकमाथी विद्यार्थीले खुडा प्रहार गरेका छन् । तुलसीपुर–६ स्थित हिमाल एकाडेमीका (कोर्डीनेटर) शिक्षक विशेष श्रेष्ठमाथी सोही विद्यालयमा पढ्ने तुलसीपुर–४ रक्षाचौरका अन्दाजी १८/१९ बर्षीय सुरेश सुनारले धारिलो हतियार खुडा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान साढे १० बजेको समयमा उनले स्कुल भित्र प्रवेश गरेर एक्कासी […]
नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु
८ वैशाख । नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको सोमबार दिउँसो गोली लागी मृत्यु भएको हो। आचार्य आफ्नै घरको सुत्ने कोठामा गोली लागेको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आचार्यको छातीमा १२ बोरको दुई नाले […]
होली पर्वमा इच्छा विपरित रङ दल्ने तथा लोला हान्नेलाई कडा कारबाही गर्ने
दाङ : जिल्ला प्रशासन कार्यालय दाङले इच्छा विपरित रङ दल्ने तथा लोला हान्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले पछिल्ला वर्षहरूमा होली पर्व मनाउने नाममा अनावश्यक तडकभडक सहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू गर्ने, सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, सामाजिक जनजीवनमा असर पुग्नेगरि इच्छा विपरित रङ दल्ने, लोला […]
सितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर परिसरमा सरसफाई
महाशिवरात्रीको पूर्व सन्ध्यामा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिले तुलसीपुर १२ सितलपुरमा रहेको सिद्धेश्वर शिव मन्दिर परिसरमा सरसफाई एवं डस्टबिन वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी मन्दिर परिसदलाई सरसफाई एवं ध्वजा पतङ्ग टाँगी चिटिक्क पारीयको छ। भोलि हुन गइरहेको शिवरात्रीको मेलालाई मध्यनजर गर्दै मन्दिर सरसफाई तथा सजाउने काम गरिएको हो। मोबाइल व्यवसाय समितिका […]
