३० महिनामा निर्माण सकिने सडक ४ वर्ष हुँदासम्म पुरा भएन् : सांसद गिरी
दाङ : नेपाली कांग्रेसका नेता एवं दाङ निर्वाचन क्षेत्र ३ का सांसद दीपक गिरीले लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।लमही घोराही तुलसीपुर सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै उनले सडक विभाग र सरकारले जवाफ दिनुपर्ने माग गरे ।
अपेक्षित काम नहुँदा समेत तीन पटक म्याद थपिएको उल्लेख गर्दै उनले सडकका दुराअवस्थाकै कारण २२ जनाले ज्यान गुमाउनु परेको बताए । ‘त्यो बाटो नबन्दा चार वर्षको दौरानमा त्यो बाटोबाट हिड्नेहरुमध्ये २२ जनाको मृत्यु भयो’ उनले अगाडि थपे, ‘वर्षामा हिलाम्मे हिउँदामा धुलाम्मे हुन्छ । यसबारे सरकार किन मौन ? यसको जवाफ कसले दिने हो ? सडक विभाग हो कि को हो ? वास्तविक कुरा आउनुपर्यो ।’
