गोल्टाकुरीमा महायज्ञ लाग्ने
1 min read

गोल्टाकुरीमा महायज्ञ लाग्ने

दंगीशरण गाँउपालिकाको गोल्टाकुरीमा फागुन १४ गतेदखी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ । पञ्चायण मन्दिर तथा धार्मिक पर्यटकिय स्थल निर्माण सहयोगार्थ फागुन १४ गतेदेखी २१ गतेसम्म सञ्चालन हुन लागेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निम बहादुर खत्रीले जानकारी दिए ।

सप्ताह दंगीशरण गाँउपालिका वडा नं १ र २ को गोल्टाकुरीको शिवमन्दिर डाँडामा सञ्चालन हुने महायज्ञमा नेपालका सुप्रसिद्ध भागवाताचार्य गुरुदेव पं कोमल उपाध्यायले कथाबाचन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको अवसरमा १३ गते शनिवार गोल्टाकुरीमा बृहत कलश यात्रा एंव झांकी जुलुसको आयोजना समेत गरिएको छ ।

भागवताचार्य पं गुरुदेव पं कोमल उपाध्यायबाट दैनिक रुपमा बाचन हुने संगितमय कथा प्रवचन श्रवण गर्न उपस्थितिको लागि समेत मन्दिर व्यवस्थापन समितिले सबैलाई अनुरोध गरिएको आयोजक समितिका तिलक बहादुर डाँगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *