घोडा चढेर पार्क घुम्न पाईने
1 min read

घोडा चढेर पार्क घुम्न पाईने

दाङको तुलसीपुर ७ स्थितरहेको राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)मा घोडा सफारी सुरु भएको छ । शुक्रबार ग्रीन फाउण्डेसन नेपालको सहयोग र हरियाली पर्यापर्यटन प्रवर्द्धन समुहको सहकार्यमा शुक्रबार सो उद्यानलाई घोडा हस्तान्तरण गरिएको छ ।

ग्रीन फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले उद्यानलाई घोडा हस्तान्तरण गरेका हुन् । दाङको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित यस उद्यानमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर घोडा सफारी गर्नका लागि घोडा हस्तान्तरण गरेको पाण्डेले बताए । अब सो उद्यानमा घोडा चढेर अवलोकन गर्न सकिने छ ।

घोडा हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसी, राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्ली बहादुर भण्डारी, ग्रीन फाउण्डेसनका सचिव सुरेश रावत लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *