नेपाल एयरलाइन्सले दाङ काठमाडौं भाडा घटायो
1 min read

नेपाल एयरलाइन्सले दाङ काठमाडौं भाडा घटायो

नेपाल एयरलाइन्सले दाङ काठमाडौं भाडा घटाएको छ। दाङ एयरपोर्टमा इन्धन डिपो स्थापना भइ सञ्चालनमा आएपछि हवाई भाडाको समायोजनको चर्चा चलिरहेको थियो। त्यही अनुसार फागुन १३ गते देखि लागू हुने गरि नेपाल एयरलाइन्सले दाङ काठमाडौं हवाई भाडा घटाएर ६ हजार ३ सय बनाएको हो। यस अघि ८ हजार ८ सय रुपैयाँ रहेको थियो। काठमाडौं दाङ ६ हजार ५ सय तोकिएको छ। पहिले ९ हजार १० रुपैयाँ कायम गरिएको थियो। शनिबारदेखि नै नयाँ भाडादर कायम भएको छ। नेपाल एयरलाइन्सका दाङ स्टेसन प्रमुख महेन्द्र कुमार शर्माले भने, ’पहिलेको भाडादरमा धेरै हेरफेर भएको छ।

अहिले दाङ काठमाडौं न्यूनतम ६३०० र काठमाडौं दाङ न्यूनतम ६५०० निर्धारण गरिएको छ। अधिकतम ११ हजार ९ सय १५ रुपैयाँ रहेको छ।’ नेपाल एयरलाइन्स अहिले दाङमा हप्ताको ४ दिन उडान गरिरहेको छ। यो हप्ता आइतबार उडान हुने छ भने अर्को हप्तादेखि मंगलबार, बिहीबार, शुक्रबार र शनिबार गरी ४ दिन उडान हुने छ। एयरलाइन्सले न्यूनतम ६३०० र ६५०० तोके पनि पाँच प्रकारको भाडा तोकिएको छ। काठमाडौं दाङ ६५ सय, ७ हजार, ८ हजार, ९ हजार र ११ हजार ९ सय ६५ छ, भने दाङ काठमाडौं सबैमा दुई सय कम रहेको छ। दाङमा सीता एयरले पनि पछिल्लो समय उडान भरिरहेको छ। सिताले ८ हजार भाडा तय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *