दोस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि ज्ञानज्योतिलाई 
1 min read

दोस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि ज्ञानज्योतिलाई 

दाङ :  तुलसीपुरमा सञ्चालित सर्वाधिक पुरस्कार राशिको दोस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को उपाधि इनोभेटिभ ज्ञानज्योति क्लब तुलसीपुरले जितेको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा भएको  प्रतियोगिताको  सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता टरिगाउँ युवा क्लबले तुलसीपुर १२ लाई ट्राइबेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै ज्ञानज्योतिले उपाधि जितेको हो ।  उपाधिसँगै उसले नगद १ लाख ५१ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।

फाइनलमा सम्मानजनक हार ब्यहोरेको टरिगाउँ उपविजेतामा सीमित रहँदै नगद ७५ हजार पाँच सय, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समय सम्म १–१ गोलको बराबरी भएपछि खेलको नतिजा ट्राइबेकरबाट निकालिएको हो । फाइनल खेलको म्यान अफ द म्याच ज्ञानज्योतिका फागुराम थारू भए ।

यसैबीच प्रतियोगिताको समापन समारोह फाउन्डेसनका अध्यक्ष पोखर सिंह डाँगीको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य  धन बहादुर मास्कीको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको विशिष्ट आतिथ्यमा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मास्कीले खेल विकासको पहिलो आधार भौतिक पूर्वाधार भएको बताए ।  हावापानी र भौगोलिक भूबनोटका दृष्टिकोणले उत्तम दाङ लाई खेल पूर्वाधार सम्पन्न बनाउने जिम्मेवारी आफ्नो काधँमा आएकाले आफूयस तर्फ लागि पर्ने बताए  ।

‘ प्रतियोगितामा दर्शकको भव्य उपस्थिति हुनु खेलकुद प्रतिको चासो र चिन्तन देखिन्छ, मेरा लागि यो एउटा खेल विकासका लागि दबाब हो , भन्ने मैले बुझेको छु,‘ उनले भने,‘ अब स्थानीय स्तर बाटै खेलकुदको विकास र बिस्तार गर्न हामी लागि पर्छौ यो मेरो प्रतिवद्धता हो  । फाउन्डेसनका संरक्षक मान बहादुर डाँगीको स्वागत रहेको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमाल, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरि, त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावत लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरे । 

सो अवसरमा प्रतियोगिताका विजेता ज्ञानज्योति, उपविजेता टरिगाउँ युवा क्लब तथा उत्कृष्ट खेल प्रदर्शन  गर्ने व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी टरिगाउँ क्लबका  सन्दिप चौधरी, उत्कृष्ट गोलकिपर ज्ञान ज्योतिका  २२ का प्रतीक सेर्पाइली, र सर्वाधिक गोलकर्ता ज्ञान ज्योतिकै कुबेर सिंहलाई जनही ३ हजार ट्रफी र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिबाट  प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन फाउन्डेसनका सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए ।

साथै खेल अबदीभर Khulduli Entertainment ले सम्पूर्ण खेल हरु प्रतक्ष्य प्रशारण गरेको थीयो ।

भीडीयो हेर्न लिंकमा जानु होला

https://www.youtube.com/live/zoaFUlwpokw?feature=share

Leave a Reply

Your email address will not be published. Required fields are marked *