सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
सल्यान : सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ कि सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउपालिका ६ कि अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तुलसीपुरबाट सल्यानको जयचौर आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटना । कपुरकोट गाउँपालिका ३ मूलपानी नजिकै दुर्घटना भएको हो । १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।
