प्रेमीद्धारा प्रेमीकको ह त्या प्रेमीले गरे प्रहरी सामु आत्मसमर्पण
1 min read

प्रेमीद्धारा प्रेमीकको ह त्या प्रेमीले गरे प्रहरी सामु आत्मसमर्पण

बाँके। नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा कार्यरत १९ वर्षीया निर्मला थापाको आफ्नै प्रेमी प्रकाश सुनारले हत्या गरेका छन्।बाँके प्रहरीका अनुसार ३३ वर्षीय सुनारले थापाको सलले घाँटी बेरेर हत्या गरेका हुन्। उनीहरू नेपालगन्ज–१२ बेलासपुरस्थित स्वस्तिक कटेजमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए। थापा दैलेख स्थायी घर भएकी हुन्।

घटनापछि प्रकाशले एक दिनपछि मृतकका परिवारलाई फोन गरी हत्या गरेको जानकारी दिएका थिए। शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेमा पनि फोन गरेर आत्मसमर्पणको जानकारी दिएका थिए । प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार प्रहरीलाई जानकारी गराइसकेपछि प्रहरी टोलीले उनलाई धम्बोझी नजिकैबाट नियन्त्रणमा लिएको हो। अभियुक्तको सूचनाका आधारमा प्रहरीले उनीहरू बस्दै आएको डेराबाट निर्मलाको शव बरामद गरेको छ। शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ ।

प्रकाश विवाहित हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। डीएसपी पातलीका अनुसार उनले निर्मला ‘मेरो कान्छी श्रीमती हो’ भन्ने बयान दिएका छन्। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *