बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु
1 min read

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना आइतबार बिहान करिब ४ देखि ५ बजेको बीचमा भएको हो।

पहिरोमा परी ३९ वर्षीया श्यामकुमारी विक, १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू एउटै परिवारका सदस्य हुन्।

स्थानीय तहका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार बिहानको समयमा घरमाथिबाट अचानक पहिरो खसेर घर पुरिएपछि उनीहरू पहिरोमा परेका थिए।

सोही वडाको एङवेङ क्षेत्रमा जंगबहादुर खड्काको बाख्राको खोरसमेत पहिरोमा परेको छ। खोरमा रहेका २५ बाख्रामध्ये ८ वटा बाख्रा पहिरोले बगाएको जनाइएको छ।

पछिल्ला दिनदेखि भइरहेको अविरल वर्षाका कारण बागलुङसहित देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो तथा बाढीको जोखिम बढेको छ। बागलुङकै ताराखोला गाउँपालिका–५ मा अघिल्लो दिन पहिरोमा परी एक जनाको मृत्यु भएको थियो।

स्रोत: अनलाइनखबर तथा जिल्ला प्रहरी कार्यालय बागलुङको जानकारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *