दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा बरिष्ठ हवल्दार बराइली घाइते
1 min read

दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा बरिष्ठ हवल्दार बराइली घाइते

दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीका बरिष्ठ हवल्दार देव बहादुर बराइली घाइते भएका छन । तुलसीपुर–७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिएका छन ।


इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा घाइते भएको उनले बताएका हुन । प्रहरीका अनुसार लागुऔषध कारोबारीहरु मोतिपुरस्थित जंगलको छेउमा भिरालो ठाउँमा लुकेर लागुऔषध ब्राउनसुगर बिक्री गरिरहेको गोप्य सुचना पाएपछि बराइलिसहितको प्रहरी टोलि त्यहा पुगेको थियो । लागु औषध कारोबारीलाई बरिष्ठ हवल्दार बराइलीसहितको प्रहरी टोलीले पछ्याइरहेको थियो । उनीहरुले लागुऔषध बिक्री गर्न लागेको प्रत्यक्ष देखेपछी उनीहरुलाई समात्न प्रहरी अगाडी बढेको बेला त्यहा ३ जना लागुऔषध कारोबारीहरु थिए ।
प्रहरीलाई देखेपछी उनीहरुमध्य एकजना अर्को तर्फबाट भाग्न थाले । केही परबाट उनी पक्राउ परे । तर, अन्य दुईजना भने साथमा भएको केही लागुऔषध भुइमा खसाले र अरु मुखमा राखेर नजिकैको भिरबाट हाम फाले । त्यसपछी बरिष्ठ हवल्दार बराइली पनि उनीहरुसँगै माथीबाट हाम फालेर दुबैजनालाई समाते । तर, बराइलिको खुट्टामा धेरै चोट लागेकाले उठ्न नसकेपछी समातेका उनीहरु भागे । पक्राउ परेका एकजनालाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।
उनको साथबाट केही लागुऔषध पनि बरामद भएको छ । घटनामा संलग्न अरु दुईजनाको खोजी भइरहेकाले पक्राउ परेका व्यक्तीको नाम गोप्य राखिएको छ । उनीहरु सबैलाई पक्राउ गरेपछी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । ड्युटीकै सिलसिलामा  लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा घाइते भएका बराइली उपचारपछी चिकित्सकको सल्लाह अनुसार अहिले घरमै आराम गरिरहेको र उनको खुट्टाको लिगामेनमा चोट देखिएको डिएसपि ठकुरीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *