तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, एकजना घाइते
1 min read

तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, एकजना घाइते

तुलसीपुर
१५ साउन/ दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा आज विहान सवारी दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा.१.त ३४७८ नम्बरको खाली ट्याक्टर आज विहान करिब ११:०० बजे अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–१७ का अन्दाजी १४–१५ वर्षीय सविन भण्डारी र अन्दाजी १६–१७ वर्षीय मनोज रोका मगरको गम्भीर घाइते भएपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएका थिए। तर, अस्पतालमा चिकित्सकले दुवैलाई अपराह्न १२:१० बजे मृत घोषणा गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सूर्य बहादुर राना मगरको कमान्डमा खटिएको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। दुर्घटनामा संलग्न ट्याक्टरका चालक तुलसीपुर १७ मानपुर निवासी २६ वर्षीय सुरेश चौधरी, सवार १५ वर्षीय धनबहादुर चौधरी र २६ वर्षीय प्रकाश चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *