स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते
दाङको तुलसीपुरमा स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।

सस्कार पाठशालाबाट विद्यार्थी छोड्न जाँदै गरेको लु.प्र.०६–०२–०१ क ०१३६ नम्बरको स्कुल बस र रा.६ प ९१ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–७ का ६३ वर्षीय खगेस्वर पराजुली घाइते भएको प्रहरीले जनाएको छ ।
पराजुलीको दुबै खुट्टामा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो । पराजुलीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरी निरिक्षक रानाले बताउनुभयो ।
आज मंगलबार दिउँसो करिब सवा ३ बजेरतिर सस्कार पाठशालाबाट विद्यार्थी छोड्न जादैगरेको लु.प्र.०६–०२–०१ क ०१३६ नम्बरको स्कुल बस र गलत बाटो प्रयोगगरी आइरहेको रा.६.प ९१ नम्बरको स्कुटि तुलसीपुर–६ गुल्म चोकमा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा प्रहरी निरीक्षक विष्णु बस्नेतको कमाण्डमा प्रहरी खटिएको र दुबै सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
