टरिगाउँ एयरपोर्टमा सीता एयरको अफिसियल टुर
1 min read

टरिगाउँ एयरपोर्टमा सीता एयरको अफिसियल टुर

पाइलट रबिन्द्र डंगोलले  प्रमुख समस्याका रुपमा चराहरु प्रसस्तै आँफुले देखेको हुँदा कतै फोहर छ कि भन्ने प्रश्न गरेका थिए

दाङ, माघ १३ /  निजी बिमान सेवा कम्पनी सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा शुक्रबार अफिसियल टुर गरेको छ । टुरपछि पाइलट रबिन्द्र डंगोलले दाङ एयरपोर्टमा सीताको १९ सिटे चार–डोर्नियर जहाजलाई उडान भर्न कुनै समस्या नरहेको प्रतिक्रिया दिएका थिए । तर, धावन मार्ग थप एकदेखि डेढसय मिटर लम्बाउन सके थप यात्रु बोकेर यात्रा गर्न सहज हुने उनले स्पष्ट पारे ।

एयरपोर्टको उत्तर -दक्षिण र दाँया- बाँया प्रसस्तै खाली जमिन आँफुले देखेको भन्दै त्यति धावनमार्ग बिस्तार गर्न कुनै समस्या छ भन्ने आँफुलाई नलागेको उनले बताए । उनले एयरपोर्टको दक्षिण तर्फबाट (थ्रि–फ्रो) अवतरण गर्दा केही रुखहरु काटे झनै सहज हुने धारणा राखे । उत्तर तर्फबाट अवतरण गर्दा हालसालै निर्माण गरिएको एउटा घरको छतको पानी ट्याँङकी र पाइपले धावनमार्ग अली प्रष्टसंग देख्न समस्या भएको हुँदा त्यो हटाउँदा अबतरण गर्न थप सहज हुने बताए ।

उनले अर्कौ प्रमुख समस्याका रुपमा चराहरु प्रसस्तै आँफुले देखेको हुँदा कतै फोहर छ कि भन्ने प्रश्न गरेका थिए । त्यो फोहर ब्यबस्थापन गरि चराको क्रियाकलपा घटाउन उनले आग्रह गरेका थिए । एयरपोर्टको झन्डै डेढ सय मिटर निजकै चिरोमा तुलसीपुर उपमहानगरपालिकाले बिगत तीन बर्ष यता फोहर फाल्दै आएको छ । सामुदायिक जंगल बीचको प्राकृतिक चिरोमा फोहर फालेर त्यो पुर्दै आएको छ । त्यही भएर एरयपोर्ट क्षेत्रमा कौवा, चिल लगाएका चराहरु आवात– जावात भइ रहन्छ । नगरले मोटर गाडीको ठक्करबाट मरेका कुकुर, बिरालो, गाइ लगाएत अन्य जनावरसमेत सोही चिरोमा फाल्दै आएको छ । सुरक्षित उडानका लागि नगरले फोरह फाल्न बन्द गर्नु अति आवश्यक देखिएको छ ।

टुर पछि कम्पनीका एमडी राजेन्द्रबहादुर सिंहले अफिसियल टुरपछि एक हप्ता दिनदेखि ढिलोमा दशदिन भित्रै ब्यबसायिक उडान गर्ने जानकारी दिए । उडानका लागि आवश्यक पर्ने सबै प्रकृया पुरा गरि ढिलोमा दश भित्रै दाङ–काठमाडौं र काठमाडौं– दाङ सिधा उडान गरिने उनले बताए । सिंहले सुरुमा हप्ताको एक दिन उडान सुरु गर्ने र त्यसपछि आवश्यकताका आधारमा उडान संख्या थप्दै जाने जानकारी दिए ।

टर्मिनल भवनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले पछिल्लो समय एयरपोर्टमा इन्धन भर्ने सुबिधा थपिएका कारण भाडादर घटाउन आग्रह गरेका थिए । बिमान सेवालाई नियमित गर्न आम नागरिकको बिमानमा पहूँच हुन जरुरी रहेको भनाई थियो । हुने खानेहरु नेपालगंज र भैरहवा गएरपनि हवाइ सेवा लिन सक्ने भन्दै दाङबाटै सेवा लिन पाउनु नागरिक अधिकारलाई ध्यान दिएर भाडादर निर्धारण गर्न उनले आग्रह गरेका थिए । सीता एयरले नियमित उडान गरि विश्वास आर्जन गर्न सके यात्रुको समस्या नहुने भन्दै त्यतिगर्दापनि जहाज खाली उड्ने अवस्था भए आँफुहरु हर्जना तिर्न तयार हुने उनले विश्वास दिलाएका थिए । रिजालको आग्रहमा सीता एयरका एमडी सिंहले बजार हेरेर भाडा निर्धारण हुने विश्वास दिलाएका थिए ।

कम्पनीले मात्रै मनपरी भाडादर कायम नगर्ने र बजारलाई हेरेर बीचको बाटो अवलम्बन गरिने उनले जानकारी दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिकका मेयर टीकाराम खड्काले सीताले छिट्टै ब्यबसायिक उडान भर्ने आशा ब्यक्त गर्दै त्यसो हुन सकेमा नेपालगंज र भैरहवा गएर जहाज चढ्नु पर्ने बाध्यता अन्त्य हुने आशा ब्यक्त गरे । सीताले अबदेखि तुलसीपुरबाट प्लेनको टिकट पाइन्छ भन्ने विश्वास यात्रुमा दिलाउन जरुरी रहेको उनले बताए । नेपाल एयरलाइन्स संग प्राप्त जहाज नभएकै कारण नियमित उडान गर्न नसकेको र त्यसले गर्दा विश्वास आर्जन गर्न नसकेको उनले बताएका थिए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसेले इन्धन डिपो स्थापना भइ संचालनमा आउँदा पनि दाङमा आउने एयरपोर्टले इन्धन नभर्दा समस्या निम्तिएको भन्दै जिल्लामै आएर इन्धन भरिदिन सीता एयरका संचालकलाई आग्रह गरेका थिए । पछिल्लो समय नेपाल एयरलाइन्सको टिव्न्टर बिमानले आइबार, मंगलबार, बिहीबार र शनिबार गरि हप्तामा चार दिन उडान भर्दै आएको छ । दाङदेखि काठमाडौंको भाडा न्यूनतम आठ हजार आठ सय दश रुपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौं हजार बढीदेखि अधिकतम १२ हजार बढीसम्म छ । टरिगाउँ एयरपोर्ट ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे रहेका कारण यहाँ ठूला बिमान अबतरण हुन सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *