![जिल्लास्तरीय तेक्वान्दोमा अल्फा डोजाङ च्याम्पियन](https://orangekhabar.com/wp-content/uploads/2023/01/327331629_549079683819939_9192731662989488350_n.jpg)
जिल्लास्तरीय तेक्वान्दोमा अल्फा डोजाङ च्याम्पियन
घोराही, १५ माघ ।
दोस्रो जिल्लास्तरीय अल्फा तेक्वान्दो प्रतियोगितामा आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराही टिम च्याम्पियन बनेको छ । दुई दिन घोराहीमा चलेको जिल्लास्तरीय प्रतियोगितामा २० टिमलाई पछि पार्दै आयोजक अल्फा तेक्वान्दो डोजाङको टिम ३१ पदकसहित च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको अल्फाले प्रतियोगितामा १४ स्वर्ण, ८ रजत र ९ काश्य गरि प्रतियोगितामा ३१ पदकसहित अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन बनेको हो । च्याम्पियन बनेको अल्फा डोजाङले ट्रफि, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । अल्फा गतबर्ष भएको प्रथम जिल्लास्तरीय प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो ।
त्यसैगरी प्रतियोगितामा नारायणपुर तेक्वान्दो दोजाङ दोस्रो भएको छ । प्रतियोगितामा दोश्रो बनेको नारायणपुरले ५ स्वर्ण, १ रजत र ६ काश्यसहित जम्मा १२ पदक जित्न सफल भएको थियो । त्यसैगरी प्रतियोगितामा आइबिएस तेक्वान्दो डोजाङ तुलसीपुर ५ पदकसहित तेश्रो भएको छ । प्रतियोगितामा आईबिएसले ३ स्वर्ण र २ रजतसहित ५ पदक जित्न सफल भएको आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराहीकी प्रमुख सुनिता विष्टले जानकारी दिनुभयो ।
२० टिमका ३ सय ५० बढी खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । जसमा पुरूषतर्फको खेलमा ११ तौल समूह र महिलातर्फ ९ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । आयोजक अल्फा तेक्वान्दो डोजाङका अनुसार पुरुष खेलाडीहरुले २०, २३, २६, २९, ३२, ३५, ३८, ४१, ४५, ४९, ५१ केजी तौल समूह र महिला खेलाडीले २२, २५, २८, ३१, ३५, ३९, ४३, ४६ र ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।