तुलसीपुरमा स्कुटीको ठक्करबाट पैदलयात्री घाइते
तुलसीपुर, १५ माघ । दाङमा स्कुटीको ठक्करबाट पैदलयात्री घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर ८ निवासी ३५ वर्षीय धिरज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार श्रिगाँउ बाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ६५१२ नम्बरको स्कुटीले चौधरीलाई तुलसीपुर २ डाडाचिस नजिदै आइतबार बेलुका साडे ५ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ । ठक्कर दिने स्कुटी चालकलाई यिन्त्रनमा लिएर घाइतेको उपचारमा संलग्न गराएको प्रहरीले जनाएको छ ।
