पछिल्लो समय कोराना का नया बीरामीहरु दीन प्रतीदी बढ्दै
काठमाडौं। पछिल्लो समय कोराना का नया बीरामीहरु दीन प्रतीदी बढ्दै गयका छन l पछील्नो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५ नमूनामध्य४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो । 
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २६ जना, आईसीयूमा ८ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।यस्तै कोरोना संक्रमणबाट आज मात्र ६१ जना निको भएर घर फर्किएका छन् ।
संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।
