अहिलेसम्मकै ठूलो परिमाणको सुन बरामद
1 min read

अहिलेसम्मकै ठूलो परिमाणको सुन बरामद

  1. काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन करिब १०० किलो रहेको बताइएको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेकाे विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे । अहिले पनि अपरेशन चलिरहेको छ । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्दा उक्त सुन फेला परेको हो ।

सो क्रममा स्कुटर र मोटरसाइकलको ब्रेक सुमा भित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको हो । सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन भने यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *