कपुरकोटमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
1 min read

कपुरकोटमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।

बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो । मृतकको पहिचान हुन सकेको छैन । जीप सडकबाट साढे तीन सय मिटर तल खसेको  थियो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *