३ वर्षिय बालकको पोखरीमा डुबेर मृत्यु
रोल्पा
८-असोज/ रोल्पामा पोखरीमा डुबेर ३ वर्षिय बालकको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका २ चयनधारा बस्ने कृष्ण बोहराका ३ वर्षिय छोरा सज्जन बोहराको सोही ठाउँस्थित रातो माटो सिचाई पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
डुबेर अशक्त भएका उनको उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री प्युठान लगिएको थियो । बोहराको उपचारका क्रममा मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
