1 min read
राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन
काठमाडौं
८-असोज
विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुको भनाइ छ । सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्धाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफुहरुलाई स्वीकार्य नभएको उनीहरुको आरोप छ ।
नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगाएतले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
