महोत्सबमा कलाकार लाई हानेको  ढुङ्गा लाग्दा दर्शक घाइते, प्रहरी बेखवर
1 min read

महोत्सबमा कलाकार लाई हानेको ढुङ्गा लाग्दा दर्शक घाइते, प्रहरी बेखवर

दाङ, ३ फागुन । दाङको तुल्सिपुरमा र्यापर लाउरेले गीत गाउँदै गर्दा हानिएको ढुङ्गा साउन्ड सिस्टम (speaker) मा लागि रिटर्न आउदा एक जना दर्शकको टाउकोमा चोट लागेको छ । चोट लाग्ने सल्यान घर भै हाल तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थी देपेश खड्का रहेका छन् ।

उक्त घटनाको बारेका बुझ्दा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख (DSP) ठाकुर प्रसाद पोख्रेलले उक्त महोत्सव स्थालमा कुनै घटना नघटेको बताएका छन भने घाइते खड्काले आफुले पटक पटक प्रहरीलाई खबर गरेको तर प्रहरीले व्यवास्था गरेको बताएका छन।

आफू उभिरहेको बेला एक्कासि माथी माट ढुङ्गा आएर चोट लागेको र आफुले प्रहरीलाई बताएको अनि मेलाको स्वस्थ्य हेल्थ डेक्समा पनि गएको र एम्बुलेन्सको चालक पनि नभेटेपछि गेट बाहिर आउदा एक जना महिला प्रहरीले मोटरसाइकल मा बसालेर आफूलाई उपचार गर्न लगेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *