
विद्यालयका बालबालिकालाई स्कुल पोषाक र म्याट प्रदान
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ टुनापानीमा रहेको श्री थापापानी प्राथमिक विद्यालयका बालबालिकालाई स्कुल पोषाक र म्याट प्रदान गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई उक्त पोशाक र म्याट सहयोग गरिएको हो ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ५२ जना बालबालिकालाई पोशाक र म्याट सहयोग गरिएको हो । नेपाली कांग्रेस दाङ जिल्ला सदस्य मदन कुमार वलीको समन्वय एबम् नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका नगर सभापति सुरेश हमालको अगुइ तथा नगर सभापति हमाल र बसन्त के सीद्वारा शैक्षिक पोशाक , नेपाली कांग्रेस तुलसीपुर-६ का युवा नेता सन्तोष वली, अनिल आचार्य, बालकृष्ण डाँगी लगायतको सहयोगबाट विद्यालयमा अध्ययनरत बालिबालिकालाई पोशाक र म्याट सहयोग गरिएको हो ।
नगर सभापति हमालले यस अघि पनि विभिन्न विद्यालयहरुमा स्टेसनरी तथा शैक्षिक समाग्री हरु सहयोग गर्दै आएका थिए । भने आगामी दिनहरुमा पनि हमालले सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन । यसै गरी कार्यक्रममा नगर सदस्य विपिन ओली र प्रविन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।