दंगाली लायन्सले जित्यो  दाङ क्रिकेट लिग सिजन – २ को उपाधि
1 min read

दंगाली लायन्सले जित्यो दाङ क्रिकेट लिग सिजन – २ को उपाधि

दाङ :   नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको फाइनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले हराउँदै  उपाधि जितेको हो । घोराही क्रिकेट रङ्गशालामा  दाङ क्रिकेट संघको आयोजनामा भएको लिग  खेलको फाइनलमा शनिबार  दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई  १०८ रनको लक्ष्य दिएको थियो ।   १०८ रन पाएको  तुलसीपुर रोयल्स १६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र बनाउँदा उपाधि दंगाली लायन्सले जितेको हो ।   उपाधिसँगै विजेता लायन्सले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ,  भने उपविजेता तुलसीपुर रोयल्सले  १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो  ।

जितका लागि दंगाली  लायन्सका  कप्तान बिपिन खत्रीले सर्वाधिक ४५ रन बनाएका थिए ।  यस्तै  बसिर अहमदले २४ , अंकित बुढाले ११ रन बनाएका थिए ।  बलिङतर्फ तुलसीपुर रोयल्सका अमरसिंह रौटेलाले सर्वाधिक ३ विकेट  लिएका थिए ,भने  रूपेश सिंह, भुवन कार्की,  दिवान पुन र नवीन बिकले समान १ / १ विकेट लिएका थिए । दंगाली  लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।  तुलसीपुर रोयल्सको ब्याटिङमा रूपेश सिंहले २० र अमरसिंह रौटेलाले ११ रन  बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिएका थिए, भने  उनी   प्लेयर अफ द म्याच समेत घोषित भएका थिए ।

यस्तै बिपिन खत्री, वीर बहादुर घर्ती मगर, प्रकाश जैसीले समान २ विकेट र शंकर रानाले १ विकेट लिएका थिए ।  फागुनको १४ गतेदेखि सुरुभएको प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको थियो ।  प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द सिरिज विजेता टिम दंगाली लायन्सका बसिर अहमद,  उत्कृष्ट ब्याटर दंगाली लायन्सका सन्तोष कार्की,  उत्कृष्ट बलर पुरन्धारा च्यालेन्जर्सका दिपेन्द्र रावत,  उदयमान खेलाडी देउखुरी वारियर्सका शुभम् खनाल घोषित भएका थिए ।  प्लेयर अफ द सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ब्याटिङ , बलर तथा उदयमान खेलाडीले समान १० / १० हजार रुपैयाँ प्राप्त गरेका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *