महिला समुह द्वारा विरामी दिदि भाई लाई लिमिटेडको आर्थिक सहयोग
1 min read

महिला समुह द्वारा विरामी दिदि भाई लाई लिमिटेडको आर्थिक सहयोग

 

दाङ, २३ फागुन । जाल्पा सामुदायिक लघु वितिय संस्था लि. केन्द्र न. १६९ ले विगत लामो समय देखी बिरामी हिरा घर्ति र सुनिल घर्ती लाई आर्थिक सहयोग गरेको छ ।

सुनिल र उनकी दिदि कलेजाको रोगले ग्रसित भएर आर्थिक अवस्थाका कारण घरमै थलिएका बेला उनको उपचारमा केहि सहजता मिलोस भनी घर्तिको घरैमा पुगेर आर्थिक सहयोग गरेका हुन ।

जाल्पा सामुदायिक लघु वित्तीय संस्था लिमिटेड केन्द्र १६९ कि कर्मचारी पुष्प रजौरे र सोही संस्थाका सदस्यहरु निमा राना निर्मला बि क , पार्वती पुन , गङ्गा पुन , कमला थापा , कमला बि क , निर्मला बि क , बनमाली घर्ती , अमृता बि क , शितली घर्ती , सर्मिला बुढाको टिमले ६ हजार ६ सय रुपैयाँ सहयोग गरेका हुन ।

यस्तै उनीहरुले सबै जनाले आफुहरुको केहि खाजा खर्च कटाएर यस्तो अवस्थामा गुर्जिरहेका कलिला बाबु नानीलाई आफुले सक्दो आर्थिक सहयोग गरि उनीहरुको उपचारमा सहयोग गरिदिनुहुन सम्पुर्णमा बिनम्र अपिल समेत गरेका छन ।

यस्तै आफ्नो बिरामी सन्तानको उपचारको लागी संस्थाले गरेको सहयोग अतुलनीय रहेको र सधै उहाहरुको यस कार्यको ऋणी रहेको भन्दै अन्य मनकारी माहानुभावहरुलाई सहयोगको लागि समेत अपिल गरेका छन साथै यदि कोहि मनकारी माहानुभाव हारुलाई सहयोग गर्ने मन भए एभरेष्ट वैंक लि. तुलसीपुर शाखाको ०३३००५०१२१६४६८ नम्वरको खातामा आफुले सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *