शान्तिनगर गाउँपालिका फाइनलमा प्रवेश, घोराही र राप्तीको खेल स्थगित
1 min read

शान्तिनगर गाउँपालिका फाइनलमा प्रवेश, घोराही र राप्तीको खेल स्थगित

दाङ, २४ फागुन । दाङ । घोराहीमा जारी तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको शान्तिनगर फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलाचुलीलाइ २५—१४,२५—१५, र २५—१४ को सेटमा पराजित गर्दै तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा शान्तिनगर प्रवेश गरेको छ ।

दोश्रो सेमिफाइनल खेल अन्तर्गत घोराही र राप्तीको रात परे पछि खेल स्थगित भएको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा राप्तीले १ सेट बिजयी भएको थियो भन्ने घोराहीले २ सेट बिजय भएको थियो चौथो सेटको खेल जारी हुदा रेफ्रीद्वारा लाइटको कारण खेल स्थगित गरेका थिय ।

भोलि २५ गते बिहान ७ बजे घोराही र राप्तीको सुरु देखि खेल हुने आयोजकले जानकारी दिएको छ र भोलि नै फाइनल खेल हुने समेत जनाएको छ ।

प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको छ । गढवा बाहेकका पालिकाबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।लिगकम नकआउटका आधारमा भएको खेलमा प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष घोराही उपमहानगरपालिकाले उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *