त्रिशूलीमा ट्याक्सी खस्दा पांच जनाको मृत्यु, एक जना बेपत्ता
काठमाडौँबाट गोरखा आउदै गरेको एक ट्याक्सी आज बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा एकै गाउँका पांच जनाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएका छन्।
पशुपति आर्यघाटमा ठूलाेबुबाकाे दाहसंस्कार गरेर गोर्खा फर्कने क्रममा मुग्लिन नजिकैबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुलीमा खस्दा एकै घरका पांच जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गोर्खा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन सिर्मल, ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अन्जना रोकाया र नौ वर्षीय बालक आगमन रोकायाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही दुर्घटनामा परेर सोही ठाउँका १८ वर्षीय दिवश रोकाय त्रिशुलीमा बेपत्ता रहेका छन्। उनको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ।
उक्त ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

