कक्षा १२ को परीक्षार्थिबाट दुईसय मोवाईल प्रहरीको नियन्त्रणमा
दाङ,१४ वैशाख । दाङबाट दुई सय परीक्षार्थीबाट मोवाईललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजदेखि सुरु भएको कक्षा १२ को परीक्षाबाट विभिन्न परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका परीक्षार्थीहरुबाट मोवाईल नियन्त्रणमा लिइएको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार महेन्द्र मावि तुलसीपुरबाट एकसय ४८ र हिमाल एकाडेमीबाट २१ वटा मोवाईल नियन्त्रणमा लिईएको हो ।

त्यस्तै गढवाबाट २३ र घोराहीबाट ६ वटा मोवाईल समेत जफत गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए । परीक्षा दिइरहेकै अबस्थामा मोवाईल भेटिएकाले नियन्त्रणमा लिइएको उनको भनाई छ । उनका अनुसार ति मोवाईलहरु परीक्षा सकिएपछि मात्रै विद्यार्थीहरुलाई फिर्ता गरिनेछ । मोवाईल ग्रुप बनाएर चिट चार्ने तथा फोटो खिचेर लैजाने प्रबृति बढेको छ ।
