टरिगाउँ विमानस्थलमा अब साता मा २ दीन उडान हुने
तुलसीपुर, २९ भदौ ।
दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा यस अघि प्रत्येक शुक्रबार मात्रै उडान भर्दै आएको नेपाल एयरलाईन्सले अब आगामी हप्तादेखि मंगलबार पनि उडान भर्ने तयारी गरेको नेपाल बायु सेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताउनभुयो ।

उहाँका अनुसार मंगलबार भने २ बजे तुलसीपुरबाट उडान भर्ने छ । यस अघि शुक्रबार दिउसो १२ बजेदेखि उडान भर्दै आएको छ । आउदै गरेको चाडपर्वलाई लक्षित गरि मंगलबार पनि उडान भर्न लागिएको प्रमुख सुनारले बताउनुभयो ।“यस अघि शुक्रबार मात्रै उडान थियो”,उहाँले भन्नुभयो“ चाडपर्वलाई लक्षित गरि हामीले आगामी हप्तादेखि मंगलबार पनि उडान भर्न थालेका छौं ।”
हाल दाङबाट काठमाडौं जाँदा ७ हजार देखि ८ हजारसम्म भाडा रहेको छ । एउटा ७ हजार एकसयको प्याकेज रहेको छ, भने अर्को ८ हजार ७५ रुपैँयाको प्याकेज रहेको प्रमुख सुनारले बताउनुभयो । यस अघि टरिगाउँ एयरपोर्टमा पटक–पटक सञ्चालन हुने र बन्दहुने भइरहेको छ । पछिल्लो समय भदौ महिनादेखि हप्ताको शुक्रबार उडान भर्ने गरेको थियो । जहाज नियमित नहुँदा पनि यात्रु भैरहवा वा नेपालगञ्जबाट हवाई यात्रा गर्न यात्रुहरु बाध्य छन् ।
उक्त विमानस्थलाई नियमित बनाउनकालागि पटक–पटक आवाज पनि उठ्ने गरेको छ । तर, पनि नियमित हुन सकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । ७५० मिटर लम्बाई रहेको धावन मार्ग हुँदा अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । यसलाई बढाएर १५ सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।
