आगलागीहुदा मोटरसाइकल र मोटरसाइकलमा पार्टस् जलेर झण्डै ७० लाखको क्षति अनुमान
घोराही उपमहानगरपालिका –१५ जिसस रोडमा रहेको मिक्सो मोटरसाइकल वर्कसपमा आगलागी हुँदा झण्डै ७० लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वर्कसपभित्र राखिएका तीन वटा मोटरसाइकल र मोटरसाइकलमा पार्टस् जलेर झण्डै ७० लाखको क्षति अनुमान गरिएको सञ्चालक सोमराज थापाले जानकारी दिनुभयो ।

तर क्षतिको यकिन भने अझै भएको छैन । बेलुकीतिर एक्कासि आगलागी भएको र तत्काल घोराही उपमहानगरपालिकाको दमकल पुगेर तत्काल आगो निभाइएको थियो । तर मोटरसाइकल मर्मत केन्द्र भएकाले पेट्रोलजन्य वस्तु र सामग्री भएकाले क्षति भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । विद्युत शट भएर आगलागीको अनुमान गरिएको छ भने सञ्चालकले ७० लाख क्षति भएको सूचना दिएको जिल्ला प्रहरी कार्यालय घोराहीका इन्स्पेक्टर सोम घर्तीमगरले जानकारी दिनुभयो ।
