दाङको तुलसीपुरमा एक महिला मृत फेला
1 min read

दाङको तुलसीपुरमा एक महिला मृत फेला

तुलसीपुर, ३ कात्तिक ।
दाङको तुलसीपुरमा एक युवती मृत फेला परेको प्रहरीले जनाएको छ ।

सल्यान कपुरकोट गाउपालिका ४ गाडापानी घर भइ हाल दाङको तुलसीपुरको श्रीगैमा कोठा भाडा लीइ २ वटा छोरा सहित बस्दै आएकी २८ बर्षकी मिना कठायत मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो हो ।

मिना हिजो शुक्रबार देखि घरपरिवारसँग सम्पर्क विहिन भएको त्यसपछि खोजतलास गर्दै जाने क्रममा तुलसीपुर ३ को अंगेरी खोलामा मृत अवस्थामा फेला परेको भनेर मृतकका ससुरा कर्ण बहादुर कठायतले प्रहरीलाई खबर गर्नुभएको हो ।

अहिले इ.प्र.का तुलसीपुरबाट इन्स्पेक्टर प्रकाश थापाको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा पुगेको छ भने मृतकका श्रीमान विदेशमा रहेको र माइति घर खिलतपुरबाट पनि माइतिहरु घटना स्थलमा पुगिसकेको समेत प्रहरीले जानकारी दिएको हो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *