राखियो रास्वपाका सभापति लामिछानेलाई स्वास्थ्य परीक्षणपछि हिरासत
1 min read

राखियो रास्वपाका सभापति लामिछानेलाई स्वास्थ्य परीक्षणपछि हिरासत

पोखरा कात्तिक ३

सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले  पोखरामा छन् ।

हिजो मात्र जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट प्रहरीले पक्राउ गरी लामिछानेलाई सडक मार्ग हुँदै राति नै पोखरा लगिएको थियो ।

लामिछानेलाई बिहान ३ बजेतिर  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको समेत प्रहरीले जनाएको छ यस्तै लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइ थप अनुसन्धान अगाडि बढाउने समेत जनाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *