चाडपर्वलाई मद्यनजरगर्दै संचालन गरिएको १० दिने सरसफाइ अभियान सम्पन्न
1 min read

चाडपर्वलाई मद्यनजरगर्दै संचालन गरिएको १० दिने सरसफाइ अभियान सम्पन्न

कात्तिक ११ दाङ
युवा विद्यार्थी हरुको अग्रसरमा तुलसीपुरमा संचालन गरिएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न भयको छ ।

महान चाडपर्वलाई मद्यनजर गर्दै सुन्दर र स्वच्छ तुल्सीपुर बनाउने उद्देश्यका साथ राजु बि.कको व्यवस्थापनमा भएको १० दिने सरसफाइ अभियान हिजो सनिवार सम्पन्न गरिएको हो।

बिहान ६:३० देखि ८ सम्म लगातार १० दिन संचालन गरिएको उक्त कार्यक्रमले तुलसीपुरका विभिन्न स्थानहरु अरनिको मैदान , गुम्राह चोक , घोराही रोड , बसपार्क लगायतका क्षेत्रमा सरसफाइ गरिएको कार्यक्रमका अध्यक्ष निम बुढाथोकीले बताउनु भएको हो ।

यस्तै समापन कार्यमामा बोल्दै तुल्सीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले नेपालीहरूका महान चाडपर्व हरुलाई मध्येनजर गर्दै आफ्नो सहर सुन्दर र स्वच्छ बनाउन थालिएको यो अभियान सरणीय योग्य रहेको बताउनु भयो। यस्तै उहाले यो अभियानलाई आफूहरूले स्थानीय सरकारले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको हो।

यस्तै कार्यक्रम व्यवस्थापक राजु बिकले उक्त कार्यक्रममा तुलसीपुरका २० जना भन्दा बढी विद्यार्थी दैनिक सहभागीतामा भएको बताउनुभएको हो । नेपालीको महान चाडपर्वलाई मद्यनजर गर्दै र अहिलेका युवा विद्यार्थीहरु कुलतमा फसने जस्ता समस्यालाई पनि न्यूनीकरण गर्न आफुहरुले बिदाको यो समयलाई रचनात्मक काम मा जोडेको बताउनु भयो।

निम बहादुर बुढाथोकीको अध्यक्षतामा गरिएको उक्त समापन कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य यमराज केसी , पत्रकार आशिष केसि लगायतको सहभागी थियो भने कार्यक्रम संचालन राजु बिकले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *