
रोल्पा देखी दाङ आउदै गरेको गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु
कात्तिक १० दाङ ।
राप्ती राजमार्ग अन्तर्गत दाङ तुल्सीपुर ३ साततलेमा गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् भने दुईजनाको मृत्यु भएको छ।
रोल्पाको कोईलाबाट दाङतर्फ आउँदै गरेको रा १ ज ८२२ नं.को
चालक सहित पाँचजना सवार डबल क्याप जिप तुलसीपुर ३ साततलेमा दुर्घटना हुदा ३ जना गम्भीर घाइते र २ जनाको मृत्यु भएको हो।
गाडी सडक देखी करिव ३०० मिटर तल खसेको कपुरकोट गा.पा.६ सल्यान बस्ने बर्ष ३१ कि देवा वली , बर्ष १३ का महेश वली र बर्ष १० का जिवन वली गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यलय तुलसीपुरका सूचना प्रमुख प्रकाश थापाले जानकारी दिनुभएको थियो।
यस्तै जिप चालक जिल्ला दाङ दंगिशरण गा.पा.४ बैबाङ बस्ने बर्ष २२ को हिरामणी बुढामगर र सल्यान कपुरकोट गा.पा.६ बस्ने बर्ष १९ का सुरेश खड्काको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको समेत बताउनु भएको हो।
यस्तै घाइते ३ नै जनालाई थप उपचारको लागी नर्सिङ होम नेपालगंज बाँकेमा रिफर गरिएको छ।