पूर्णबहादुरको सारंगी २’को निर्देशनबाट पछि हटे सरोज पौडेल
सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेल दोस्रो श्रृंखलाको निर्देशनबाट पछि हटेका छन् । सामाजिक संजालमा सोमबार पोस्ट लेख्दै उनले यो फिल्मलाई कमाइ खाने भाँडो बनाउन नहुने धारणा राखेका छन् ।

निर्मातामध्येका एक विनोद पौडेलले दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा गरेको एक दिनपछि निर्देशक पौडेलले निर्देशन नगर्ने उल्लेख गरेका हुन् । उनी लेख्छन्, ‘पूर्णबहादुरको सारङ्गीले कोरेको इतिहासलाई इतिहास नै बनाई सम्मानपूर्वक राखौं । यसलाई कमाइ खाने भाडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफै भत्काउन हुँदैन लागेर मैले यो फिल्म दोस्रो भाग मा काम गर्दिन ।’
